धुपगढीको कलुआ नदीबाट व्यक्तिको मृतदेह उद्धार

धुपगढी : धुपगढी साकोयाझोडा 1 ग्राम पञ्चायतको बुध बजार इलाकाको कलुआ नदीबाट 55 वर्षीय सदानन्द रायको मृतदेह उद्धार भएको छ। मृतक सदानन्द उक्त इलाका निवासी रहेको थाहा लागेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत दिउँसो कलुआ नदीमा स्नान गर्न गएको समय स्थानीय मानिसहरूले उक्त मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.