धुपगढीलाई महकुमा बनाउने मागमा हस्ताक्षर अभियान शुरू

धुपगढी: धुपगढीमा पनि आज तृणमूल कांग्रेसको 23औं स्थापना दिवस पालन गरियो। यस अवधि तृणमूल कांग्रेसले धुपगढीलाई महकुमा बनाउने माग गर्दै आन्दोलन शुरू गरेको छ। आज धुपगढीको 14 नम्बर वार्डका नगरपालिका भाइस चेयरम्यान राजेश कुमार सिंहको उपस्थितिमा हस्ताक्षर अभियान पनि शुरू गरियो। यस वाहेक, केही वार्डहरूमा तृणमूल कांग्रेसको स्थापना दिवस भव्य रूपमा मनाइयो। आज बिहान धुपगढी नगरपालिका अन्तगर्त 16 वटा वार्डहरूमा पार्टीको झण्डा फहराउनको साथै एउटा रंगारंग शोभायात्रा पनि निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *