धुपगढीमा 11 फुट लामो अजिङ्गर उद्धार

धुपगढी : धुपगढीको डेमटिया इलाकामा 11 फुट लामो एउटा अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारीअनुसार उक्त इलाकामा सुपारी बारीमा विरुवाको सुरक्षाको लागि लगाइएको लाइलेनको जालमा अजिङ्गर फँसेको बताइएको छ। आज बिहान गाउँलेहरूले उक्त अजिङ्गरलाई देखेपछि यसबारे वनविभाग र धुपगढी परिवेश प्रेमी संगठन डुवर्स नेचर एन्ड स्नेक लभर्स अर्गनाइजेशनलाई खबर दिए। यसपछि अर्गनाइजेशनका सदस्यहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर वनविभागलाई सुम्पिदिए। उक्त अजिङ्गरलाई खुट्टीमारी जङ्गलमा छोडिदिएको वनविभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *