धुपगढीमा 4 फुट लामो विषालु साँप उद्धार

धुपगढी : धुपगढीको 12 नम्बर वार्डको मास्टर क्वार्टरपाड़ा इलाका निवासी एकजना व्यक्तिको घरबाट एउटा विषालु सर्प उद्धार भएपछि इलाकामा आतङ्क मच्चियो। प्राप्त जानकारीअनुसार हिजो राति उक्त व्यक्तिको भान्सा घरमा एउटा साँप पसेर ग्यास सिलेन्डर नजिक रहेको घरकी महिलाले देखेपछि  यसबारे धुपगढी परिवेशप्रेमी संगठन डुवर्स नेचर एन्ड स्नेक लभर्स अर्गनाइजेशनका सदस्यहरूलाई खबर दिए। घटनाको खबर पाएर धुपगढी परिवेशप्रेमी संगठन डुवर्स नेचर एन्ड स्नेक लभर्स अर्गनाइजेशनका सदस्यहरू घटनास्थलमा पुगेर लगभग आधा घण्टाको प्रयासपछि लगभग 4 फुट लामो साँप उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *