धुपगढीमा 5 फुट लामो विषालु साँप उद्धार

धुपगढी : धुपगढीको मागुरमारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत मयनातली गाउँमा 5 फुट लामो एउटा विषालु साँप उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले एकजना वृद्धाको घरमा उक्त साँपले ओथ्रामा बसेको कुखुरालाई मारेर त्यहाँ भएको अण्डा खाइरहेको देखेपछि जाल बिछाएर साँपलाई पक्रेको बताइएको छ। घटनाको खबर पाएर धुपगढीको परिवेशप्रेमी संगठन डुवर्स नेचर एन्ड स्नेक लभर्स अर्गनाइजेशनका सदस्यहरू घटनास्थलमा पुगेर उक्त साँप उद्धार गरेर मोराघाट जङ्गलमा छोडिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *