धुपगढीमा दुईवटा बाइक ठोक्किँदा 4 जना घाइते

धुपगढी : धुपगढीको बैरातीगढी हाई स्कुल संलग्न इलाकामा दुईवटा बाइक आपस्तमा ठोक्किँदा 4 जना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान बैरातीगढी हाई स्कुल संलग्न सत्संगपाड़ामा दुईवटा बाइक आपस्तमा ठोक्किँदा चारजना व्यक्ति घाइते भएका छन् भने तीमध्ये एकजना गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर धुपगढी अस्पतालमा लगियो। प्राथमिक उपचारपछि तीनजना छोडिदिएको छ भने एकजनाको अवस्था गम्भीर भएकोले सिलगढी रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *