धुपगढीमा लरी र ट्याङ्कर ठोक्किँदा धेरैजना घाइते

धुपगढी : धुपगढीको झुमुर इलाकामा माछा बोकेको लरी र एउटा ट्याङ्कर आपस्तमा ठोक्किँदा धेरैजना मानिसहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार माछा बोकेको एउटा लरी आन्ध्रप्रदेशबाट असमतर्फ गइरहेको समय एउटा ट्याङ्करसित ठोक्किँदा माछा बोकेको लरी अनियन्त्रित भएर झुमुर नदीमा झर्‍यो।


घटनापछि माछा बटुल्नको लागि उक्त इलाका स्थानीय मानिसहरूको भीड देखापर्यो। अर्कोतिर, घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा लगियो। लरीको खलासी हालसम्म निखोज रहेका छन् भने तिनको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *