धुपगढीमा पुजाको प्रसाद खाएर धेरैजना मानिसहरू अस्वस्थ्य

धुपगढी : धुपगढीको दक्षिण झाड़ आलता इलाकामा पुजाको प्रसाद खाएर इलाकाको धेरैजना मानिसहरू अस्वस्थ्य भएका छन्। पुजाको प्रसाद खाएपछि धेरैजना मानिसहरूलाई अचानक उल्टी तथा भुँडी दुख्ने गरेको बताइएको छ। पुजाको प्रसाद खाएपछि हिजो बिहानैदेखि इलाकाको लगभग 25 जना मानिसहरू बिरामी भएका छन् भने तीमध्ये 7 जनालाई धुपगढी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। बिरामीको परिवारका सदस्यहरूले बताएअनुसार गत शुक्रबार राति पुजाको प्रसाद खाएपछि तिनीहरू अस्वस्थ्य भएको हो। यसको साथै इलाकाको धेरैजना मानिसहरू पनि बिरामी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *