धुपगुढीमा सड़क दुर्घटनामा युवक घाइते

धुपगुढी : धुपगुढीमा सड़क दुर्घटनामा एकजना युवक घाइते भएका छन्। घाइते युवक अभिषेक सेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान अभिषेक सेन गिलान्डी ब्रिज संलग्न बजारबाट मासु किनेर घर फर्किरहेको समय धुपगुढी मिलपाड़ा इलाकामा एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा तिनलाई स्थानीय मानिसहरूलगायत दमकल विभागका कर्मीहरूले धुपगुढी ग्रामीण अस्पताल लगे तापनि तिनको अवस्था गम्भीर भएकोले त्यहाँका चिकित्सकहरूले जलपाईगढी सदर अस्पतालमा रेफर गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *