डायना ब्रिजबाट सुकरा मुण्डाको शव उद्धार

नगरकट्टा : नगरकट्टा ब्लकको डायना ब्रिज नजिक एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति लक्खीपाड़ा चियाकमानको बड़ालाइन निवासी 47 वर्षीय सुकरा मुण्डाको रूपमा चिन्हित गरिएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार सुकरा मुण्डा मानसिक रूपले अस्वस्थ रहेकोले गर्दा बेला-बेलामा घर छोडेर जाने गर्थे भने दुई-चार दिनपछि आफै घर फर्केर आउने गर्दथे। बिहिबार सुकरा मुण्डा घरबाट निस्केपछि घर फर्किआएनन्। यसपछि परिवारका सदस्यहरूले गाउँको छेउछाउमा तिनको खोजे तापनि कुनै पत्तो लागेन। आज बिहान मानिसहरूले डायना ब्रिज नजिक तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नगराकट्टा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.