‘दिदिर सुरक्षा कवच’ कार्यक्रम अवधि सडक तथा झोलुङ्गे पुलको मरमति गरिदिने इलाकावासीले गरे माग

सिलगढी : सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज सिलगढी महकुमा अन्तर्गत चम्पासरी पञ्चायत इलाकामा दिदिर सुरक्षा कवच अभियान चलाए। तिनले तृणमूलका कार्यकर्ताहरूलाई साथमा लिएर आज बिहान चम्पासरी ग्राम पञ्चायत अन्तर्गत डाबराग्राम इलाकामा दिदिर सुरक्षा कवचअभियान चलाए। यस अवधि डाबराग्राम इलाकाका मानिसहरूले सड़क तथा झोलुङ्गे पुलको मरमति गरिदिने माग गरे। यसैगरी, वृद्धा तथा महिलाहरूले सरकारी रासन नपाएकोमा अभियोग गरे। यस अभियान अवधि अरूण घोषले महिलाहरूलाई सरकारी योजनाको विषयमा जानकारी गराए। उक्त अभियान आज दिनभरि जारी रहनेछ।


सभाधिपति अरुण घोषले भने, दिदिर सुरक्षा कवच कार्यक्रम शुरू गरिएको छ। यस कार्यक्रम अवधि मानिसहरूको समस्या तथा सरकारी परियोजनाको विषयमा जानकारी लिइयो। सरकारी योजनाको लाभ उठाउन नपाएकाहरूले यसको लाभ उठाउन सकोस् भन्ने उद्देश्य लिएर पञ्चायत प्रधानलाई यसको जिम्मेवारी दिएको छ। कार्यक्रम अवधि इलाकाका मानिसहरूले सड़क तथा झोलुङ्गे पुलको मरमति गरिदिने माग गरेकोले यसबारे विचार गरेर चाँडै काम शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *