डीआई फण्डको जमिनबारे राखेको प्रस्तावलाई जीटीए-को सभामा बहुमतले समर्थन : सभासद उदय देवान

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डीआई फण्डको कार्यकारी सभासद उदय देवानले जीटीए-को पहिलो सभामा हिजो आफुले डीआई फण्डको जमिनको बिषयमाथि प्रस्ताव राखेको अनि जीटीए सभाले आफुले राखेको प्रस्तावलाई 45 जना निर्वाचित सभासद अनि 5 जना मनोनित सभासद सबैले बहुमतमा समर्थन जनाएको बताए। जीटीए-को सह-कार्यालय गोर्खा रंगमञ्च भवनमा आज पत्रकार सम्मेलनको आयोजना गरेर तिनले भने, डीआई फण्डको बिषय राज्य सरकारको अधिनस्थ पर्ने हुनाले यता पहाडमा धेरै समयदेखि थाँतीमा रहेको डीआई फण्डको समस्यालाई राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले कुनै सकारात्मक कदम अवश्यै उठाउनेछन् भन्ने बिषयमा आफु विश्वस्त रहेको छु। यसको साथै डीआई फण्डको प्रस्ताव कुनै पार्टीको सभामा नभएको अनि एउटा प्रशासनिक व्यवस्थाको सभामा पारित गरिएको हुनाले निकट भविष्यमा डीआई फण्ड सम्बन्धमा सकारात्मक निर्णय आउने सभासद उदय देवानले बताएका छन्‌।


Leave a Reply

Your email address will not be published. Required fields are marked *