डिजिटल मीडियाको आड़मा अवैध कल सेन्टर चलाएको आरोपमा 21 जना महिला सहित 27 जना पुलिस हिरासतमा 

सिलगढी : डिजिटल मीडियाको नाम गरेर सिलगढीमा अवैध कल सेन्टर चलाएको विषयमा डीडी र एसओजी-को एउटा टोलीले संयुक्त अभियान चलाएर घटनाको उजागर गरेको छ। सिलगढीको सेभोक रोडस्थित पञ्जाबीपाडाको एउटा तीनतले भवनको दोस्रो तल्लामा डिजिटल मीडियाको ब्यानरको आड़मा गत धेरै समय अघिदेखि अवैध कल सेन्टर चलाइरहेको खबर पाएर आज दिउँसो डीडीका एसीपी राजेन छेत्रीको नेतृत्वमा डीडी र एसओजी टोलीले उक्त कल सेन्टरमा संयुक्त अभियान चलायो। उक्त कल सेन्टरमा लगभग डेढ़ घण्टासम्म सोधखोज गरेपछि त्यहाँबाट 21 जना महिला सहित 6 जना व्यक्तिलाई हिरासतमा लिएको छ, जसमा कल सेन्टरको मालिक पनि सामेल छन्। जानकारी अनुसार उक्त भवनको बाहिर एउटा डिजिटल मीडियाको ठुलो ब्यानर लगाइएको थियो जसमा एस्ट्रोलजीदेखि लिएर थुप्रै मीडिया संस्थानहरू संलग्न रहेको दावी गरिएको छ। डिजिटल मीडियाको आड़मा अवैध कल सेन्टर चलाइरहेको खुलासा भएपछि सिलगढीमा सनसनी फैलिएको छ। डीडी-को टीम घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *