दिलाराम युनाइटेडलाई पराजित गरेर पाखरिङ गाउँ चैतेपानी विजय

खरसाङ: खरसाङको दिलाराम युनाइटेड क्लबद्वारा खेलाइएको फुटबल प्रतियोगिताको फाइनल खेलमा दिलाराम युनाइटेडलाई पराजित गरेर पाखरिङ गाउँ चैतेपानी विजयी बन्यो। दिलाराम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाखरिङ गाउँ चैतेपानीले दिलाराम युनाइटेड क्लबलाई 1 गोलको विरुद्ध 4 गोल गरेर सहजै जीत हासिल गऱ्यो। फाइनल खेलमा प्रमुख अतिथिको रुपमा टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, विशिष्ट अतिथि सन्त जेभियर्स उच्च माध्यमिक विद्यालय दिलारामका शिक्षक प्रभारी अनिल शर्मा लगायत भागोप्रमो टुङ-सन्तमेरिज समष्टिका युवा शक्ति सभापति उर्गेन घिसिङ, सचिव दिपेश तामङ, अनुजकान्त प्रधान, फुर्बा रुम्बा, वसन्त कुलुङ राई आदि उपस्थित रहेका थिए। विजय टोली पाखरिङ गाउँ चैतेपानीलाई प्रमुख अतिथिको बाहुलीबाट आकर्षक ट्रफी लगायत नगद 60 हजार अनि उप-विजेता दल दिलाराम युनाइटेड क्लबलाई नगद 30 हजारसहित ट्रफी अन्य अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *