दिलीप घोषको जनसभापछि तृणमूलद्वारा बाघाजतीन पार्कमा गरियो शुद्धिकरण

सिलगढी : सिलगढीको बाघाजतीन पार्कमा भाजपा राज्य सभापति दिलीप घोषको जनसभा तथा समर्थन कार्यक्रमपछि दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदले उक्त मैदानको शुद्धीकरण गर्यो। प्राप्त जानकारीअनुसार दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदले आज बाघाजतीन पार्कको गेट अघि शुद्धीकरणको पुजा गरेपछि सम्पूर्ण मैदान लगायत रवीन्द्र मञ्चमा गङ्गा जल छड्केको बताइएको छ। दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका सभापति निर्णय रायले बताएअनुसार भाजपाले भगवानको नाममा राजनीति गर्ने गरेकोले गर्दा उक्त मैदानको शुद्धिकरण गरेको हो। बाघाजतीन पार्क पवित्र मैदान हो। आगामी दिनमा यहाँ धर्मको नाममा जसले राजनीति गर्छ साथै उक्त मैदानमा पाइला टेक्छ तब हामी फेरि शुद्धिकरण गर्नेछौँ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes