दिनहटा घटनाको प्रतिवादमा भाजपा-द्वारा एसपी अफिस घेराउ तथा ज्ञापन

दिनहटा : दिनहटा घटनाको प्रतिवादमा भाजपाले कुचबिहार एसपी अफिस घेराउ गर्यो। एसपी अफिस घेराउलाई केन्द्र गरेर उतप्तको माहौल देखापर्यो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालय अघिबाट एउटा रैली निकालेर कुचबिहारको विभिन्न पथ परिक्रमा गरेपछि सागरदिघी इलाकाको एसपी अफिस अघि पुगेर विक्षोभ प्रदर्शन गरे। यस अवधि पुलिसको तर्फबाट ब्यारिकेड लगाइएको थियो। प्रदर्शनकारीहरूले पुलिसको ब्यारिकेड भत्काउने प्रयास गर्दा उतप्तको माहौल देखापर्यो। पछि भाजपाको एउटा प्रतिनिधि टोलीले जिल्ला पुलिस अधीक्षकसित भेट गरेर एउटा ज्ञापन पत्र सुम्पियो। यस अवसरमा कुचबिहार जिल्ला भाजपा अध्यक्ष तथा विधायक सुकुमार राय, विधायक मिहिर गोस्वामी लगायत अन्य नेता तथा नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *