दिनहाटा घटनामा आफू दोषी ठहराए मन्त्रालय छोडिदिनेछु: मन्त्री उदयन गुहा

कुचबिहार (निसं): तृणमूलले दिनहाटा थानामा केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिक लगायत 45 जना विरुद्ध अभियोग दर्ता गरेको छ। यसको साथै मन्त्री उदयन गुहाले राज्यपाललाई कुचबिहार आएर घटनाबारे विस्तृत छानबीन गर्ने अनुरोध पनि गरेका छन्। आज बिहान मन्त्री उदयन गुहाले दिनहाटा सहरस्थित निजी आवासमा पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपाललाई चुनौती दिएका छन्। तिनले राज्यपाललाई कुचबिहारमा आएर स्थानीय मानिस तथा दोकानदारहरूसित घटनाबारे कुराकानी गर्नुपर्ने निवेदन गरे। यस अवधि यदि आफू दोषी भेट्टाएको खण्डमा अहिले नै मन्त्रालय छोडेर राजनीतिबाट सन्न्यास लिने तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *