दिनहाटा ग्रामीण ब्याङ्कमा दिउँसै लगभग 19 लाख रुपियाँको डकैती

कुचबिहार : दिनहाटा विधानसभाको 1 नम्बर ब्लक अन्तर्गत पर्ने निगमनगर इलाकाको उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्कमा आज बिहान डकैतीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार निगमनगर इलाकाको एउटा घर भाडामा लिएर उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्कको शाखा चलाइरहेको छ। आज बिहान लगभग 10 बजी ब्याङ्क खोलेपछि बाइकमा सवार भएर आएका 3 जना दुष्कृतिले रुपियाँ निकाल्ने बहाना गरेर ब्याङ्कभित्र प्रवेश गरे। ब्याङ्कका केसियरले लकर खोल्न साथ तिनलाई रोकेर ती दुष्कृतिहरूले लगभग 19 लाख रुपियाँ लुटेर चम्पट कसेको बताइएको छ। घटनाको खबर पाएर दिनहाटा थानाका आईसी सुरज थापा पुलिस कर्मीहरूसित घटनास्थलमा पुगेर छानबीन शुरू गरिरहेको छ। उक्त ब्याङ्कमा कुनै सुरक्षा गार्ड नरहेको साथै ब्याङ्कमा सीसीटीभी क्यामारा समेत जडान नगरिएको थाहा लागेको छ। चोरीको घटनाबारे घरका मालिक सुकान्त चक्रवर्तीले बताएअनुसार घटनाको समय आफू घर बाहिर रहेकोले गर्दा पछि पुलिसको वाहन ब्याङ्कको अघि देखेपछि गएर सोधखोज गर्दा ब्याङ्कमा चोरी भएको थाहा पाए। चोरहरूले लगभग 19 लाख रुपियाँ चोरी गरेर चम्पट कसेको जान्नमा आएको कुरा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *