दिनहाटामा गृहिणीको शव उद्धार

कुचबिहार : दिनहाटा थाना अन्तर्गत गोसानीमारी 1 ग्राम पञ्चायतको चकियापाडामा गृहवधुको घाँटी काटिएको शव उद्धार भएको छ। मृतक महिला 27 वर्षीय मौसुमी बर्मनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले चकियापाड़ा निवासी बकुल बर्मनकी स्वास्नीको घाँटी काटेको शव घरको शौचालय नजिक देख्नको साथै घटनास्थलमा एउटा धारिलो हतियार पनि उद्धार गरेको बताइएको छ। यसबारे पुलिसलाई खबर दिएपछि दिनहाटा पुलिस घटनास्थल पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटना सम्बन्धमा पुलिसले मृतकको लोग्ने लगायत परिवारका एकजना सदस्यलाई हिरासतमा लिएको छ। घटनाको जाँच शुरू गरेको दिनहाटा पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *