दिनहाटामा मन्त्री निशीथ प्रमाणिकको काफिलामाथि हमला, तृणमूलले देखायो कालो झण्डा

कुचबिहार (निसं): कुचबिहारको दिनहाटा बुरिरहाटमा केन्द्रीय राज्य गृह मन्त्री निशीथ प्रमाणिकको काफिलामाथि हमला, ढुङ्गा-मुडा र बमबारीको घटना अघि आएको छ। उक्त घटनालाई लिएर इलाकामा तनाउको माहौल उत्पन्न भयो। केन्द्रीय मन्त्री निशीथ प्रमाणिक आज दिनहाटाको बुरिरहाट इलाकामा जन सम्पर्क अभियानमा निस्केका थिए। यस अवधि तृणमूल कार्यकर्ताहरूले तिनलाई कालो झण्डा देखाएको आरोप रहेको छ। निशीथ प्रमाणिक जहाँ जान्छ त्यहीँ कालो झण्डा देखाउने तृणमूलले पहिला नै घोषणा गरेकोले यसै अनुसार आज निशीथ प्रमाणिकलाई कालो झण्डा देखाएको आरोप रहेको छ। यस घटनालाई लिएर दुवै पक्षबीच झमेला शुरू भएपछि स्थिति नियन्त्रण गर्नको लागि पुलिस आँशु ग्यासको छोड़ेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *