दिनहाटामा पोखरीबाट बम उद्धार

कुचबिहार (निसं): सडक किनारको एउटा पोखरीबाट बम उद्धार गरेको घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। उक्त घटना कुचबिहारको दिनहाटा 1 नम्बर ब्लकको गीतालदह 2 नम्बर ग्राम पञ्चायतको नवनी गाउँमा घटेको हो। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान उक्त सडक भएर गइरहेको समय सडक किनारको पोखरीमा बम देखेपछि घटनाबारे दिनहाटा थाना पुलिसलाई जानकारी गराइयो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेको छ। उक्त बम केही दिनअघि त्यहाँ राखेकोले गर्दा पानीमा भिजेर बम निष्क्रिय भइसकेको पुलिसले प्राथमिक अनुमान लगाएको छ। स्थानीय मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर पुलिसले उक्त बम त्यहाँबाट हटाइदिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *