दिनहाटामा तृणमूल कार्यकर्तालाई गोली हानेर हत्या गरेको भाजपाविरुद्ध आरोप

कुचबिहार : पञ्चायत चुनाउ अघि कुचबिहारको दिनहाटा फेरि उतप्त बनेको छ। तृणमूल कार्यकर्तामाथि गोली चलाएको भाजपाविरुद्ध अभियोग उठेको छ। उक्त घटनामा एकजना तृणमूल कार्यकर्ताको मृत्यु भएको छ। मृतक व्यक्ति बाबु हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै दिनहाटा 2 नम्बर ब्लकको गितालदह 2 नम्बर ग्राम पञ्चायतको जारी धरला गाउँमा तृणमूल कार्यकर्ताको घरमा पसेर गोली चलाएको भाजपाविरुद्ध अभियोग उठेको छ। उक्त घटनामा एकजना तृणमूल कार्यकर्ताको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई उद्धार गरेर दिनहाटा महकुमा अस्पतालमा भर्ना गरेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतक तृणमूल कार्यकर्ताको शव उद्धार गरेर लगे। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल देखापर्यो। तृणमूलको आरोप अनुसार उक्त घटनामा भाजपा संलग्न रहेको छ। अर्कोतिर, भाजपाले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *