दिनाहाटामा तृणमूल कार्यकर्तालाई धारिलो हतियारले हमला गरेको भाजपा विरुद्ध आरोप

कुचबिहार : चुनाउ प्रचार गरेर घर फर्किरहेको समय रातिको अँध्यारोमा तृणमूल कार्यकर्तालाई धारिलो हतियारले प्रहार गरेको भाजपाविरुद्ध आरोप उठेको छ। उक्त घटना दिनहाटा 1 ब्लकको बडो आटियाबारी ग्राम पञ्चायत इलाकामा घटेको हो। तृणमूलको आरोप अनुसार गत राति दिनहाटा 1 ब्लकको बडो आटियाबारी ग्राम पञ्याचतको जी आटीबारी बुथका तृणमूल प्रार्थी शर्मिष्ठा बर्मनको समर्थनमा तिनको लोग्ने तथा ब्लक तृणमूल युवा कङ्ग्रेसका उपाध्यक्ष देवाशीष बर्मन लगायत अन्य केही कार्यकर्ताहरू चुनाउ प्रचार गरेपछि घर फर्किरहेको समय पछिल्तिरबाट केही दुष्कृतिहरूले तृणमूल कार्यकर्ता विनय बर्मनलाई कोदालोले घाटीमा प्रहार गर्यो। घाइते अवस्थामा तिनलाई तत्कालै उद्धार गरेर दिनहाटा महकुमा अस्पतालमा लगेपछि त्यहाँबाट कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनामा भाजपाविरुद्ध अभियोग उठेको छ। तथापि, भाजपाले उक्त आरोप झुटो रहेको दावी गरेको छ। तृणमूलले आपसी गुट द्वन्द्वलाई ढाकछोप गर्नको लागि भाजपाविरुद्ध आरोप लगाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *