दिनहाटामा तृणमूलको पञ्चायत समितिका प्रार्थीका छोरालाई अपहरण गरेको घटनालाई केन्द्र गरेर उत्तेजनाको माहौल, 6 जना घाइते

कुचबिहार : राज्यपाल सीभी आनन्द बोसले भ्रमण गरेको केही घण्टापछि नै दिनहाटाको 1 नम्बर ग्राम पञ्चायतको भोराम ग्राम इलाकामा उत्तेजनाको माहौल देखापर्यो। तृणमूलको पञ्चायत समितिका प्रार्थीको छोरालाई अपहरण गरेको घटनालाई केन्द्र गरेर 1 नम्बर ग्राम पञ्चायतको भोराम ग्राम रणक्षेत्रमा परिणत भयो। घटनामा तृणमूलको अञ्चल अध्यक्ष महफुजार रहमान सहित 6 जना घाइते भएका छन्। तृणमूल कङ्ग्रेसको आरोप अनुसार पञ्चायत समितिका प्रार्थी खलील हकका छोरा राजु हकलाई अपहरण गरेको स्थानीय निर्दल प्रार्थी र तिनका समर्थकहरूविरुद्ध अभियोग उठेको छ। तिनीहरू भाजपा समर्थित निर्दल रहेको तृणमूलको आरोप रहेको छ। यसपछि गीतालदाह एक अञ्चल अध्यक्ष महफुजार रहमान केही मानिसहरूलाई साथमा लिएर उक्त इलाकामा गए। त्यस समय महफुजार रहमान लगायत तृणमूल नेताहरूलाई धारिलो हतियारले प्रहार साथै कुटपीट गरेको आरोप रहेको छ। घटनामा गम्भीर घाइते भएकाहरूलाई दिनहाटा अस्पतालमा लगेपछि तीमध्ये महफुजार रहमान र रफिकुल हकलाई कुचबिहार रेफर गरिदिएको छ। राज्यपालले राति नै घटनाबारे जानकारी लिए भने आज बिहान घाइतेहरूसित भेट गर्न तिनी गैर सरकारी अस्पतालमा पुगेका थिए। घटनाको खबर पाएर राति नै विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर केही मानिहरूलाई हिरासतमा लिएको छ। अर्कोतिर, भाजपाले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes