दिनहाटामा तृणमूल युवा उपाध्यक्षमाथि गोली चलाएको भाजपाविरुद्ध आरोप

दिनहाटा : दिनहाटाको निगमनगर घाटपाड़ा इलाकामा भाजपा एवम् तृणमूल कांग्रेसमाझ झमेला हुँदा इलाकामा तनाउको माहौल सृष्टि भयो।  दिनहाटा  2 नम्बर ब्लकमा तृणमूल युथ कांग्रेसका उपाध्यक्ष तापस दासमाथि गोली चलाएर हत्या गर्ने प्रयास गरेको भाजपाविरुद्ध अभियोग उठेको छ। अर्कोतिर,  भाजपाले उक्त आरोप झुटो रहेको बताउँदै भाजपा कार्यकर्ताहरू पार्टी कार्यालयमा बसिरहेको समय अचानक तृणमूल कांग्रेसका केही दुष्कृतिहरूले तिनीहरूमाथि गोली चलाएको भाजपाले उल्टै आरोप लगाएको छ। यसको साथै तृणमूल कांग्रेसका केही दुष्कृतिहरू भाजपा कार्यकर्ताहरूको वाहन लगायत पार्टी कार्यालय तोड़फोड़ गरेको भाजपाको आरोप रहेको छ। अर्कोतिर, घटना सम्बन्धमा तृणमूल कांग्रेसको आरोपअनुसार गत राति दिनहाटा पाँच माथा मोड़ इलाकामा तृणमूलद्वारा एउटा पथसभाको आयोजना गरेको थियो भने पथसभाबाट फर्किरहेको समय निगमनगर इलाकामा दिनहाटा 2 नम्बर ब्लक युवा तृणमूल कांग्रेसका उपाध्यक्षमाथि भाजपाका दुष्कृतिहरूले गोली चलाए तापनि तिनी भाग्यले बाँचेको बताइएको छ। उक्त घटनालाई लिएर इलाकामा तनाउको माहौल सृष्टि भयो। घटनाको खबर पाएर दिनहाटा र साहेबगञ्ज पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *