दिनहाटामा उपचुनाउको मतदान जारी, तृणमूल र भाजपा-माझ झमेला

कुचबिहार : राज्यको 4 वटा विधानसभा केन्द्रमा उपचुनाउ आज बिहानदेखि शुरू भएको छ। आज बिहान मतदान शुरू हुन साथ दिनहाटा केन्द्रको भाजपा र तृणमूलमाझ विवाद शुरू हुँदा उत्तेजनाको माहौल देखापर्यो। दिनहाटा हाई स्कुलमा भाजपा प्रार्थी अशोक मण्डल आफ्नो मतदान खसाल्न आउँदा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूसित विवाद शुरू भएको बताइएको छ। यसको साथै भाजपा प्रार्थी अशोक मण्डल र तिनका परिवारका सदस्यहरूलाई मतदान गर्नमा बाधा दिएको तृणमूल विरुद्ध अभियोग उठेको छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसले यी सबै आरोपहरू झुटो रहेको दावी गर्दै उल्टै भाजपा प्रार्थी तथा तिनका समर्थकहरूले भोट खसाल्नमा बाधा पुर्‍याएको आरोप लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *