दिनहाटा तथा उत्तरपाडा कलेजमा एसएफआई कार्यकर्ताहरूमाथि हमला गरेको घटनाको प्रतिवादमा सिलगढीमा विक्षोभ

सिलगढी : दिनहाटा तथा उत्तरपाडा कलेजमा एसएफआई कार्यकर्ताहरूमाथि हमला गरेको घटनाको प्रतिवाद जनाउँदै आज सिलगढीमा एसएफआई दार्जिलिङ जिल्ला कमिटीले विक्षोभ प्रदर्शन गर्यो। एसएफआई दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट आज एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यसको साथै एसएफआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर उक्त घटनाको प्रतिवाद जनाए। यस विषयमा एसएफआई दार्जिलिङ जिल्ला सचिव अङ्कित दे-ले बताएअनुसार आफूहरूले भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दाको समय प्रत्येक पल्ट नै तृणमूल कङ्ग्रेसका नेता तथा तृणमूल छात्र परिषद्का नेताहरूले आफूहरूमाथि हमला गर्यो। प्रत्येकपल्ट नै पुलिसले मूकदर्शकको भूमिका निर्वाह गरेको तिनीहरूले आरोप लगाए। आफूहरू बारम्बार हमलाको सिकार भएको बताउँदै तिनीहरूले उक्त घटनाको प्रतिवादमा आज राज्यभरिमै प्रतिवाद कार्यसूची पालन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *