दिनहाटा उपचुनाउको प्रचार गर्न आइपुगिन् टीएमसी राज्य युवा सभानेत्री सायनी घोष

सिलगढी : कुचबिहारको दिनहाटामा हुने उप चुनाउको प्रचार गर्नको लागि तृणमूल कङ्ग्रेसका राज्य युवा सभानेत्री सायनी घोष आज कोलकाताबाट विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगिन्। तृणमूल कङ्ग्रेसका राज्य युवा कङ्ग्रेसका कार्यकर्ताहरूले तिनलाई भव्य स्वागत जनाए। यस अवसरमा सायनी घोषले दिनहाटा उपचुनाउमा तृणमूलको विजय निश्चित रहेको बताइन्। तिनले भनिन्, कर्मीसभा गर्ने इच्छा थियो तर उपचुनाउको तयारी गर्नुपर्नेछ। पश्चिम बंगालका मानिसहरूको माया पाएको छु साथै उत्तर बंगालका मानिसहरूको पनि माया पाए आगामी दिनमा विकासको कार्य जारी रहने तिनले बताइन्। सिलगढीको बाघडुग्रा विमानअड्डामा पत्रकारहरूसितको छोटो कुराकानीपछि सायनी घोष वाहनमा सवार भएर सोझै दिनहाटाको निम्ति प्रस्थान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *