दीपावली अघि लाखौँ रुपियाँको रम-रक्सी सहित 2 जना पक्राउ

अलिपुरद्वार : दीपावली अघि अलिपुरद्वार पुलिसले रम-रक्सी बोकेको ट्रक सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये एकजना अलिपुरद्वार निवासी र अन्य एकजना कुचबिहार निवासी हुन्। प्राप्त जानकारी अनुसार अलिपुरद्वार पुलिसले गत अबेर राति गोप्य सूचनाको आधारमा वीरपाडा चौपथी इलाकामा अभियान चलाएर एउटा 10 चक्के ट्रकबाट 511 कार्टुन रम-रक्सी उद्धार गरेको छ भने उक्त कार्टुनमा मोठ 6 हजार 132 वटा रम-रक्सीको बोतल रहेको थियो। जफत गरेको उक्त रम-रक्सीको अनुमानित बजार मूल्य 19 लाख 74 हजार 504 रुपियाँ रहेको छ भने उक्त रम-रक्सी असमबाट चोर बाटो हुँदै सिलगढीतर्फ ल्याइरहेको थियो। जफत गरेको रम-रक्सीको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले 2 जनालाई ट्रक सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूलाई अदालतमा पेश गरेपछि पुलिसले हिरासतमा लिएर घटनाको जाँच गरिरहेको अलिपुरद्वार थानाका आईसी अनिन्दय भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *