दीपावली अघि लाखौँ रुपियाँको अवैध पटेका सहित 2 जना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले दीपावली अघि अवैध पटेका सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा राजगञ्ज निवासी स्वपन साहा र अपूर्व पाल सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ पुलिसले राजगञ्ज बजार इलाकाको दुईवटा दोकानमा अभियान चलाएर लाखौँ रुपियाँको अवैध पटेका जफत गरेको छ भने घटनामा 2 जनालाई पक्राउ गरेको बताइएको छ। राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार हिजो साँझ राजगञ्ज बजारको 2 वटा दोकानमा अभियान चलाएर लाखौँ रुपियाँको अवैध पटेका उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *