दिपावली अघि सिलगढीको हकर्स कर्नरको एउटा दोकानमा आगलागी

सिलगढी : दिपावलीको अघि सिलगढीको एउटा प्लास्टिकको सामग्रीको दोकानमा आगलागी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले सिलगढीको हकर्स कर्नरको एउटा प्लास्टिकको समाग्रीको दोकानबाट धुवाँ निस्केको देखेपछि घटनाबारे दोकान मालिक र दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। आगलागीको खबर पाएर सिलगढी थाना पुलिस पनि घटनास्थलमा पुगेका थिए। उक्त दोकानको धेरैजसो सामग्रीहरू आगो जलेर नष्ट भएको थाहा लागेको छ। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने बारे स्पष्ट भएको छैन। तथापि, सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, आगलागीको खबर पाएर मेयर गौतम देव घटनास्थलमा पुगेर निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *