दिपावलीको लागि बजारमा धमाधम बिक्री भइरहेछ स्वदेशी पीभीसी ल्याम्पहरू  

सिलगढी : बिजुलीको झिलिमिली उत्सव दिपावली अर्थात् तिहार आउन अब केही दिन मात्र बाँकी रहेको छ। चाइनिज बत्तीहरूको प्रयोग निषेध गरेकोले सिलगढी बजारमा यस वर्षको दिपावलीमा मानिसहरूले आ-आफ्नो घर बत्तीले सजाउनको लागि स्वदेशी पीभीसी ल्याम्पहरू किनिरहेका छन्। सिलगढी सहरमा हाल धमाधम बिक्री भइरहेको पीभीसी सेड विविध रङ अनि आकारमा उपलब्ध छ भने उक्त ल्याम्पहरू विशेष गरेर गुजरातमा तयार गरेपछि यसलाई सिलगढीमा ल्याएर कटिङ तथा सेटिङ गरेर बिक्रीमा राखेको स्थानीय व्यापारी सुदीप्त साहले जानकारी दिएका छन्।


तिनको भनाइअनुसार उक्त पीभीसी ल्याम्पहरू यदि मैला भए यसलाई घरमा सजिलैसँग पानीमा धुन सकिनेछ। उक्त पीभीसी ल्याम्पको सेडमा एलईडी बल्ब होल्डरको माध्यमद्वारा लगाएर घर अथवा फ्ल्याटहरूलाई बिजुलीले रङ्गीचङ्गी गरेर सजाउन सकिनेछ। यसको मूल्य केवल 100 रुपियाँदेखि शुरू गरेर 500 रुपियाँसम्म रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *