दीपावलीको राति सिलगढीको 44 नम्बर वार्डमा आगलागी

सिलगढी : दीपावलीको राति सिलगढीको 44 नम्बर वार्डमा आगलागीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको 44 नम्बर वार्डको परेश नगर इलाकाको एउटा घरमा आगो लाग्दा घरमा राखेको 8 वटा बाइक जलेर खरानी भएको बताइएको छ। उक्त घरबाट धुवाँ निस्केको देखेपछि तत्कालै दमकल विभागलाई खबर दिएपछि दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा सटीक जानकारी नभएको तथा घटनाको जाँच शुरू गरेको दमकल विभागका अधिकारीले बताए। अर्कोतिर, घटनाको खबर पाएर काउन्सिलर प्रीतिकणा विश्वास घटनास्थलमा पुगिन्। तिनले भनिन्, दीपावलीको समयमा कुनै ठुलो दुर्घटना हुन सक्थ्यो तथापि, दमकल विभागको तत्परतामा समयमै आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त घरमा बाइक राख्ने गर्दथ्यो सम्भवतः पेट्रोल घोप्टिएकोले दीप तथा मोमबत्तीको सम्पर्कमा आउँदा उक्त आगलागी भएको तिनले बताइन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *