दिपावलीको राति सिलगढीको 3 ठाउँमा आगलागी, लाखौँ रुपियाँको क्षयक्षति

सिलगढी: दिपावली राति सिलगढीको 3 ठाउँमा आगलागीको घटना घटेको छ। हिजो राति सिलगढीको सेठ श्रीलाल मार्केट, महाकालपल्ली र खालपाडामा आगलागी भएको छ भने आगलागीमा सबैभन्दा बेस सेठ श्रीलाल मार्केटमा क्षयक्षति भएको छ। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको छ। गत राति 9 बजी सेठ श्रीलाल मार्केटको एउटा दोकानमा आगो लागेपछि छेवैको एउटा दोकान पनि आगोको चपेटमा परेको बताइएको छ। आगलागीबारे दमकल विभागलाई खबर दिएपछि दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। उक्त आगलागीमा एउटा दोकान पूर्ण रूपमा जलेर खरानी भएको बताइएको छ। सिलगढीको खालपाडा एमजी रोडस्थित एउटा घरमा पनि आगलागी भएको छ। उक्त घरको छतमा केही सामग्रीहरू राखिएको थियो भने त्यहीँबाट आगो लागेको बताइएको छ। दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। अर्कोतिर, महाकालपल्लीमा एकजना चिकित्सकको घरमा पनि आगलागीको घटना घटेको छ। घटनाको खबर पाएर सिलगढी नगरनिगमका मेयर गौतम देव राति नै आगलागी भएको 3 वटा इलाकामा पुगेर घटनाबारे जानकारी लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *