दिपावलीमा लाइट लगाउँदा करेन्ट लागेर युवकको मृत्यु

सिलगढी: दिपावलीमा लाइट लगाउँदा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना सिलगढीको सूर्यसेन कोलोनीको पाइप लाइनमा घटेको हो। मृतकको पहिचान 23 वर्षीय हराधन मन्डलको रूपमा चिन्हित गरिएको छ। तिनी सिलगढीको गेट बजार निवासी थिए। दिपावलीमा हराधन केही रूपियाँ कमाउनको लागि भनेर आफ्नो भाई निल रतनसित पाइप लाइनको एउटा घरमा लाइट लगाउन गएका थिए। लाइट लगाउँदा हाइ टेन्सनको तारमा स्पर्श भएपछि तिनी गम्भीर रूपमा घाइते भए। गम्भीर घाइते अवस्थामा तिनलाई सिलगढी अस्पतालमा लगिए तापनि अधिक ट्राफिक जामको कारण हराधन मन्डलले अस्पताल पुग्न अगावै बाटोमैं प्राण त्यागे। यता, घटनापछि इलाकामा शोकको लहर छाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes