दीपावली मङपु मेलाको लागि पसलेहरूलाई जमीन वितरण

मङ्पु: प्रत्येक वर्ष झै यस वर्ष पनि आगामी 7 र 8 नोभेम्बरको 2021-को दिन वार्षिक दीपावली खेलकुद भव्यताको साथ सम्पन्न गरिने भएको छ। मङपु मेलाको लागि पसलेहरूलाई आज जमीन वितरण गरियो। विगतमा मङपु खेलकुद संघले गर्ने वार्षिक दिपावली खेलकुद यसपल्ट आदर्श श्रमिक कल्याण केन्द्र मङपुको आयोजनामा भव्यताको साथ गरिने जानकारी बुद्ध कुमार मोक्तानले दिएका छन्। यसपल्ट मेलामा दोकान गर्न आउँने मानिसहरूले कोरोनाको डबल डोज भ्याक्सिन लगाएको हुनपर्ने अनि वार्षिक दीपावली खेलकुद एवम् मेलामा प्रवेश गर्दा प्रत्येकले मास्क अनिवार्य रूपमा लगाएको हुनुपर्ने आयोजक समितिको पक्षमा राजेश तामाङले जानकारी दिएका छन्। वार्षिक दीपावली खेलकुद प्रथम दिन 7 नोभेम्बर केटाहरूमाझ खुल्ला म्याराथन दौड प्रतियोगिता हुनेछ भने दोस्रो 8 नोभेम्बरको दिन केटीहरूमाझ खुल्ला म्याराथन दौड प्रतियोगिता राखिएको हुनाले आयोजक समिति सबैलाई हार्दिक स्वागत जनाएको छ। यसैगरी, प्रथम दिन अन्तर विभागीय खेलकुद प्रतियोगिता हुनेछ भने दोस्रो दिन अन्तर सिन्कोना माझ विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *