दिपावलीमा पटेका नपड्काइदिने अपील गर्दै मङपु पुलिसद्वारा माइकिङ

मङपु: कोभिड 19-को कारण कोलकाताको उच्च न्यायालयले दिपावालीमा पटेका पड्काउन नपाउने नोटिस जारी गरेकोले आज दार्जिलिङ पुलिसको नेतृत्वमा मङपु पुलिसले माइकिङ गरेर मङपुका दोकानदार अनि स्थानीय जनतालाई दिपवालीमा पटेका नपडकाईदिने साथै बिक्री नगरीदिने अपील गरे। मङपु आउटपोस्ट प्रभारी बिजय थामी, एएसआई देबब्रत बाकची, एएसआई तपन गुवा लगायत सिभिक पुलिसद्वारा माइकिङको माध्यमद्वारा पर्यावरणलाई स्वच्छ अनि सफा राख्न साथै कोभिड संक्रमणको बढ्दो स्थितिलाई ध्यानमा राखेर मङपुवासीलाई दिपावलीमा पटेका नपड्काइदिने अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *