दिपावली सावधानीको साथमा पालन गर्ने साथै पटेका नपड्काइदिने चिकित्सकहरूको अपिल

सिलगढी: कोरोनाको तेस्रो लहरलाई ध्यानमा राखेर खुबै सावधानीको साथमा दिपावली तथा काली पुजा पालन गरिदिने सिलगढीवासीलाई चिकित्सकहरूले अपिल गरेको छ। चिकित्सकहरूले कोरोना र प्रदुर्षणलाई ध्यानमा राखेर पटेकाहरू पनि नपड्काइदिने सबैसित आह्वान गरेका छन्। इन्डियन मेडिकल एसोसिएसन सिलगढीको तर्फबाट आज सिलगढीमा पत्रकार सम्मेलन गरेर डा. मलय चक्रवर्ती, डा. राधेश्याम महतो, डा.शेखर चक्रवर्ती, डा. कल्याण खान लगायत अन्यको उपस्थितिमा आज गत दुर्गा पुजा पछि फेरि सिलगढी सहरमा पनि कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको जानकारी दिँदै यसबारे चिन्ता व्यक्त गरे।


कोरोना कालमा धेरैजना रोगीलाई श्वास फेर्न असुविधा भएको कुरालाई स्मरण गराउँदै चिकित्सकहरूले पटेकाबाट निक्लिइने बिषालु धुँवा शरीरको लागि खुबै खतरानाक हुने बताए। दिपावलीमा खुबै सावधानी अप्नाउने सबैलाई चिकित्सकहरूले आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *