दीपावली तथा काली पुजा अवधि पटेका पड्काउन हाईकोर्टद्वारा पूर्ण रूपमा निषेध

कलकत्ता हाईकोर्टले काली पुजा, दीपावली तथा नयाँ वर्षको उपलक्ष्यमा सबै प्रकारको पटेकाहरू पड्काउनमा निषेधाज्ञा जारी गरेको छ। यसको साथै राज्यभरिमै जगधात्री पुजा, छट पुजा, क्रिसमस आदि जस्ता पर्वहरूमा पनि सबै प्रकारको पटेकाहरू पड्काउन निषेध गरिएको छ। केही दिन अघि राज्यका प्रदूषण नियन्त्रण बोर्डले केवल पर्यावरण अनुकूल पटेका (ग्रीन पटेका) पड्काउनमा छुट दिएको घोषणा गरेको थियो भने यसको समय सीमा पनि तय गरिदिएको थियो। तथापि, आज कलकत्ता हाईकोर्टले जारी गरेको निर्देश अनुसार सबै प्रकारको पटेकाहरू पड्काउनमा निषेध गरेको छ। हाईकोर्टले दिएको निर्देश अनुसार कोरोना महामारीको तेस्रो लहरको आशंका रहेको छ ग्रीन पटेका चिन्हित गर्न पुलिस समक्ष कुनै उपाय नरहेकोले यस्तो परिस्थितिमा कुनै प्रकारको पटेका किन-बेच गर्न तथा पड्काउन नपाउने हाईकोर्टले निर्देश जारी गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *