दिपेश सुब्बाको टिस्टा नदीबाट शव उद्धार

टिस्टा (निस) : गत आइतबार साथीहरूसित पिकनिक खेल्न आएका दार्जिलिङको सिङ्गला कमान निवासी दिपेश सुब्बा (36) टिस्टा नदीले बगाएर निखोज भएका थिए भने आज टिस्टाको राफ्टिङ टीमको सहयोगमा तिनको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार गत आइतबार दिपेश सुब्बा आफ्ना साथीहरूसित पिकनिक खेल्न आएको समय अपरान्ह लगभग 2 बजी टिस्टा नदीले बगाएर लगेपछि निखोज भएको थिए। यसपछि उक्त घटनाबारे सोमबार टिस्टाको राफ्टिङ टीमलाई जानकारी गराएपछि सोमबार अपरान्हदेखि बेलुकी 9 बजीसम्म टिस्टा नदीमा खोज तलाश गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि आज फेरि बिहानैदेखि राफ्टिङ टोलीका सदस्यहरूले खोजबीन गर्ने कार्य अवधि नदीको लगभग 19 फिट मुनिबाट दिपेश सुब्बाको शव उद्धार गरेपछि तिनको परिवारलाई सुम्पिदिएको बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *