दृष्टिहीन रेनेसाले दिइन् राइटरको सहयोगमा माध्यमिक परीक्षा

सिलगढी : दृष्टिहीन भए तापनि राइटरको सहयोगमा सिलगढी गर्ल्स हाई स्कुलको छात्रा रेनेसा दासले यस वर्ष माध्यमिक परीक्षा दिइरहेकी छन्। तिनकी आमा वर्णालीले बताएअनुसार तीन वर्षको उमेरमा अस्वस्थ्य हुँदा तिनले दृष्टि शक्ति गुमाएकी थिइन्। सानैदेखि नै रेनेसा पढ्न-लेख्नमा निक्कै निपुण रहेकोले स्कुलका शिक्षक-शिक्षिकाहरूले तिनलाई खुबै मन पराउँथे। उक्त स्कुलमा नवौँ श्रेणीमा अध्ययनरत बनिता देवनाथले रेनेसाको राइटरका रूपमा माध्यमिक परीक्षा दिइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *