दिव्याङ्ग व्यक्तिहरूले गरे रक्तदान

सिलगढी: कोरोना संक्रमणको महामारीमा रगतको कमीलाई समाधान गर्नको लागि दिव्याङ्गहरू अघि आएका छन्। आज विश्व विकलाङ्ग दिवसको अवसरमा सिलगढीमा दिव्याङ्ग व्यक्तिहरूले रक्तदान गरे। सिलगढी शहरको एउटा स्वयंसेवी संस्थाको पहलमा बाघाजतिन एथलेटिक क्लबमा आज रक्तदान शिविरको आयोजना गरियो। यस शिविरमा धेरैजना दिव्याङ्ग व्यक्तिहरूले रक्तदान गरे। रक्तदान गरेपछि दिव्याङ्ग मानिसहरूले भने, पहिला शारीरिक बिमारीको कारण रक्तदान गर्न सकेको थिएनौ तर अब रक्तदान गरेर राम्रो महसुस गर्दैछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *