दिवङ्गत काउन्सिलर कृष्ण चन्द्र पालको जन्मदिन पालन

सिलगढी : 23 नम्बर वार्ड नागरिक वृन्द तथा सकालेर अड्डा संगठनको तर्फबाट आज सिलगढीमा दिवङ्गत काउन्सिलर कृष्ण चन्द्र पालको जन्मदिन पालन गरियो। दार्जिलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसका सभापति कुन्तल रायले दिवङ्गत कृष्ण चन्द्र पालको सालिगमा माला लगाइदिनको साथै फुल चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा समाजसेवी बाबलु पाल, मदन भट्टाचार्य, विष्णु साहा लगायत वार्डका अन्य नागरिकहरू उपस्थित थिए। स्मरण रहोस्, दिवङ्गत कृष्ण चन्द्र पाल सिलगढीको 23 नम्बर वार्डका काउन्सिलर थिए भने दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको महासचिवको दायित्व पनि सम्हालेका थिए। गत 2019 मा तिनको आकस्मिक निधन हुँदा राजनैतिक माहौलमा शोकको लहर छाएको थियो। प्रत्येक वर्ष 19 जनवरीको दिन तिनको स्मरण गर्दै वार्डका मानिसहरूले तिनको जन्मदिन पालन गर्ने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *