दिवङ्गत केपीपी नेता अतुल रायको परिवारसित भेट गरे मन्त्री अरूप विश्वासले

सिलगढी : मन्त्री अरूप विश्वासले दिवङ्गत केपीपी नेता अतुल रायका परिवारका सदस्यहरूसित भेट गरे। मन्त्री विश्वास आज सिलगढी आइपुगेपछि दिवङ्गत केपीपी नेता अतुल रायको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरेर कुराकानी गर्दै आफूहरू सदैव परिवारको साथमा रहने बताए। तिनले अतुल राय अस्पतालमा भर्ना छँदा मुख्यमन्त्री ममता ब्यानर्जीले तिनको स्वास्थ्यबारे खोज खबर लिएकी थिइन् भने मुख्यन्त्रीले अतुल रायको निधनमा शोक समवेदन प्रकट गरेको बताए। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल सभापति रञ्जन सरकार पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *