दिवङ्गत नेताहरूको स्मृति सभामा विभिन्न पार्टीका नेताहरू एउटै मञ्चमा

सिलगढी :  दिवङ्गत प्रदेश कांग्रेस अध्यक्ष सोमेन मित्र तथा कांग्रेस नेता उदय दुवेको स्मृति सभामा आज कांग्रेस, तृणमूल कांग्रेस र माकपाका नेताहरूलाई एउटै मञ्चमा देखियो। स्मृति सभामा तृणमूल कांग्रेसका कोर कमिटी चेयरम्यान गौतम देव र माकपा नेता जिवेश सरकार मुख्य रूपमा उपस्थित थिए। स्मृति सभामा उपस्थित सबैले सोमेन मित्र र उदय दुवेको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै एक मिनटको मौन धारण गरे। राज्यका पर्यटन मन्त्री गौतम देवले दिवङ्गत दुनै नेताहरूलाई फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गर्नको साथै तिनीहरूको राजनीतिक सम्बन्धबारे जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *