दिवङ्गत लता मंगेशकरलाई अरूप विश्वास तथा राज चक्रवर्तीद्वारा सिलगढीमा श्रद्धाञ्जलि अर्पण

सिलगढी : स्वर साम्राज्ञी भारत रत्‍न लता मंगेशकरको हिजो निधन भएपछि देशभरिमै शोकको लहर छाएको छ। तिनको निधनमा सङ्गीत जगत, फिल्म इन्डस्ट्री लगायत देशभरिकै मानिसहरूले शोक प्रकट गर्दै तिनलाई श्रद्धाञ्जलि अर्पण गरिरहेको छ। यता सिलगढीमा पनि सहरका विभिन्न मानिसहरूले तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। सिलगढीको बाघाजतीन पार्क अघि आज लता मंगेशकरको तस्वीरमा मन्त्री अरूप विश्वास, विधायक राज चक्रवर्ती र गौतम देवले माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यसपछि सिलगढीको बाघाजतीन पार्क अघिबाट एउटा र्‍याली पनि निकालिइयो भने सांस्कृतिक जगतसित संलग्न रहेका कलाकारहरूले लता मंगेशकरको गीतहरू गाउँदै र्‍यालीमा सामेल भएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.