दिउँसै चोरी गर्न आएका चोरलाई गाउँलेहरूले पक्रेर सुम्पिदियो पुलिसलाई

राजगञ्ज : दिउँसै चोरी गर्न आएका चोरलाई पक्रेर गाउँलेहरूले पुलिसलाई सुम्पिदिए। उक्त घटना आज अपरान्ह फुलबारी 2 नम्बर ग्राम पञ्चायतको जटियाकाली इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज अपरान्ह एकजना युवक जटियाकाली इलाकाको एउटा बाउन्डरी गेट चोरी गर्न आएका थिए भने स्थानीय केही मानिसहरूले उक्त युवकले चोरी गर्दै गरेको देखेपछि युवकले त्यहाँबाट भाग्ने प्रयास गरे तापनि गाउँलेहरूलाई चोरलाई पक्रेर न्यु जलपाईगढी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले उक्त युवकलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *