दिउँसै पाँचौँ कक्षाकी छात्रालाई अपहरण गर्ने प्रयास गरेको रिक्सा चालकविरुद्ध आरोप

सिलगढी (निसं): प्रधान नगर थाना अन्तर्गत पूर्वाञ्चल इलाकामा दिउँसै स्कुलबाट आइरहेकी एउटी बालिकालाई अपहरण गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। स्थानीय मानिसहरूले आरोपी रिक्सा चलाकलाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार डाक्टर राजेन्द्र प्रसाद गर्ल्स हाई स्कुलको पाँचौँ कक्षाकी छात्रा स्कुल छुट्टी भएपछि घर फर्किरहेको समय छात्राको घर पूर्वाञ्चल इलाकाबाट केही टाढामा एउटा रिक्साले छात्रालाई रोकेर तिनको आँखाको बारेमा सोधखोज गर्न थाले। यसपछि उक्त रिक्सा चालकले छात्रालाई हल्दीबारी लगेर तिनको आँखाको उपचार गरिदिने बताए। यसपछि उक्त बालिका डराइरहेको अवस्थामा घरमा पुगेर आमालाई घटनाबारे विस्तृत रूपमा बताइन्। उक्त घटनापछि पूर्वाञ्चल इलाकामा छात्रालाई अपहरण गर्ने प्रयास गरेको खबर फैलिएपछि स्थनीय मानिसहरूले उक्त रिक्सा चालकलाई पक्रेर प्रधान नगर थाना पुलिसलाई सूचित गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त रिक्सा चालकलाई हिरासतमा लिएर थानामा लगे। अर्कोतिर, घटनापछि उक्त इलाकामा नानीहरूको सुरक्षालाई लिएर मानिसहरू चिन्तामा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *