डीजी मनोज मालवीयले पुलिसका उच्च पदस्थ अधिकारीहरूसित गरे उच्चस्तरीय बैठक

सिलगढी : सिलगढी भ्रमणको दोस्रो दिन आज राज्य पुलिसका डीजी मनोज मालवीयले कमिश्नरेटमा पुलिसका उच्च पदस्थ अधिकारीसित एउटा उच्चस्तरीय बैठक गरे। यस बैठकमा सिलगढी महकुमा परिषद चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गरिने विषयमा चर्चा परिचर्चा गरियो। डीजीले नर्थ बेङ्गालका आईजी देवेन्द्र प्रकाश सिंह र सिलगढी पुलिस कमिश्नर गौरव शर्मालाई सिलगढी महकुमा परिषद चुनाउ कुनै झैँ झमेला बिनै शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने निर्देश दिए। सिलगढी महकुमा परिषद चुनाउमा मेट्रोपोलिटन अन्तगर्त लगभग 300 बुथ र दार्जिलिङ जिल्ला पुलिस अन्तर्गत लगभग 300 बुथ रहेको छ। यसैले डीजीले आईबी र डीआईबीलाई पनि चुनाउ अवधि क्षेत्रभरिमै विशेष नजरदारी राख्ने तिनले निर्देश दिएका छन्। चुनाउ अघि तथा चुनाउ अवधि महकुमा परिषद, ब्लक र ग्राम पञ्चायत क्षेत्रहरूमा पेट्रोलिङको माध्यमद्वारा नजरदारी राख्ने तिनले निर्देश दिए। बैठकमा डीजीले नर्थ बेङ्गालमा केएलओ संगठनको बढ्दो गतिविधिलाई ध्यानमा राखेर आईजीलाई सतर्क गर्नको साथै विशेष नजरदारी राख्ने निर्देश पनि दिए। यसबाहेक इन्डो-नेपाल, इन्डो-बिहार, इन्डो-बङ्ग्लादेश सीमावर्ती क्षेत्रमा पुलिसको नजरदारी बढाउने पनि तिनले निर्देश दिएका छन्। यस अवधि सिलगढी मेट्रोपोलिटन पुलिसका कमिश्नर गौरव शर्माले शिवमन्दिर अट्टारोखाई इलाकामा एउटा थाना, एनबीयु परिसरमा एउटा आउटपोस्ट र आशिघर आउटपोस्टलाई थानाको दर्जा दिनुपर्ने राज्य पुलिसलाई माग गर्दै डीजी मनोज मालवीयलाई एउटा ज्ञापन चढाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes