चेङ्मारी चियाकमानमा आजदेखि थर्मल स्क्रिनिङ शुरू

डुवर्स : डवर्सको चियाबारी क्षेत्रहरूमा पनि कोरोना भाइरसबारे मानिसहरूमा आतङ्क देखा परे तापनि चियाबारी क्षेत्रमा आजसम्म कोरोना संक्रमणको मामिला देखापरेको थिएन। तर केही चियबारीमा भने अन्य राज्यबाट घर फर्किआएका प्रवासी श्रमिकहरूमा कोरोनाको संक्रमण भेट्टाइएको थियो। हाल डुवर्सको उदलाबारी, मालबजार, चामुर्ची, बानरहाट, वीरपाड़ा क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। कोरोना संक्रमित व्यक्तिहरूको संख्या बढेकोले गर्दै चियबारीका श्रमिकहरूमा आतङ्कको माहौल छाएको छ भने यसलाई लिएर चियबारी प्रबन्धकहरू पनि हाल चिन्तामा परेको छ। यसैले चेङमारी चियबारीमा आजदेखि प्रत्येक श्रमिकहरूलाई थर्मल स्क्रीनिङ गर्ने कार्य शुरु गरियो। श्रमिकहरू कमानमा प्रवेश गर्न अघि तिनीहरूको थर्मल स्क्रीनिङ गरेपछि मात्र कमानमा प्रवेश गर्ने अनुमति दिएको छ।  उल्लेखनीय छ, चेङमारी चियबारीमा दिनहुँ 5 हजार भन्दा अधिक श्रमिकहरू काम गर्ने गर्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *